Trending : #श्रीनेहा     
 

राज्यका निकायहरूलाई जिम्मेवारी नभुल्न प्रधानमन्त्रीको आग्रह

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१, २०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राजनीतिमा उतारचढाव भइरहने तर सरकार र राज्यका निकायहरूले जिम्मेवारी भुल्न नहुने बताएका छन्।
 
शुक्रबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँगको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपद व्यवस्थापन पूर्वतयारी गरिनुपर्ने बताए।
 
‘राजनीतिमा उतारचढाव भइरहन्छ। तर सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन,’ प्रधानमन्त्री दाहालका भनाइ उद्धृत गर्दै स्वकीय सचिव रमेश मल्लले भने, ‘नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश हो। त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ। त्यसैले व्यवस्थित पूर्वतयारी गरौं। विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ। तर कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं।’
 
राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित हुनुपर्ने उनले बताए।