Trending : #श्रीनेहा     
 

डलर र कतारी रियालको मूल्य घट्दा यूरो र पाउण्डको भाउ बढ्यो

आषाढ २२,२०८१

-आस्था न्यूज

असार २२, २०८१ काठमाडौं ।
आज २०८१ साल असार २२ गते शनिबार सन् २०२४ जुलाई ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।