Trending : #श्रीनेहा     
 

पहिरोले बीपी राजमार्ग अवरुद्ध

आषाढ २२,२०८१

-आस्था न्यूज

असार २२, २०८१ काठमाडौं ।
अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको हो ।
 
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।