Trending :
 

पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलियो

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३,  २०८१ काठमाडौं । 
अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका  सबै ढोका खोलिएको छ ।
 
भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो ।
 
यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको छ ।
 
सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।