Trending :
 

बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३,  २०८१ काठमाडौं ।
मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् ।
 
उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई पोखराको होटलमा वेटरको काम लगाइदिने भन्दै झुक्याएर बेच्ने  उद्देश्यले भारतर्फत लगिएको भन्दै ललितपुरबाट पक्राउ गरिएको थियो ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको आइतबारको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
 
डिल्लीबहादुरलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । तर, धरौटी बुझाउन नसकेपछि डिल्लीबहादुरसहित तीनै जनालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।