Trending :
 

भ्रष्टाचारका फाइलहरू अगाडि बढ्न थालेपछि सरकार ढल्न पुगेको टिप्पणी

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३, २०८१ काठमाडौं ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकार स्वाभाविक रूपमा परिवर्तन हुन नलागेको बताएका छन् ।
 
आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समयमा बोल्ने दुवै दलका सांसदहरूले भ्रष्टाचारका फाइलहरू अगाडि बढ्न थालेपछि सरकार ढल्न पुगेको टिप्पणी गरेका छन् ।
 
‘प्रधानमन्त्री र गृहमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरण फेरि खोल्ने भनेर अगाडि बढ्नुभयो । अर्कोतिर, बेचन झाका प्रमाणहरू आएपछि बेचैनी हुँदै डुंगा प्वाल परेको देख्नुभयो,’ माधव सापकोटाले भने ।
 
नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डको डुंगामा प्वाल परेको भन्दै ख्याल गर्न सुझाएका थिए ।