Trending :
 

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँनेवाला छैनः अर्थमन्त्री पुन

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३,  २०८१ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्‌बाट विश्वास मत लिएरमात्रै छाड्ने बताएका छन् ।
 
संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले(कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने गरी भएको दाबी गरे ।
 
संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको उनको भनाइ थियो ।
 
उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको प्रस्ट पारे ।