Trending :
 

अण्डाको मूल्य बढ्यो

आषाढ २३,२०८१

-आस्था न्यूज

असार २३,  २०८१ काठमाडौं ।
पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ।
 
मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।  
 
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ। 
 
असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सातरदश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो।  
 
अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। 
 
किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ।
 
त्यस्तै, सातरदश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए। 
 
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। 
 
हाल उपभोक्ताले आकारको आधारमा प्रतिक्रेट पाँच सय ४० रूपैयाँदेखि छ सय रूपैयाँसम्म तिर्नुपर्ने मनमैजुस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।