Trending :
 

महिला एसिया कप क्रिकेटः नेपालले प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै

आषाढ २४,२०८१

-आस्था न्यूज

असार २४, २०८१ काठमाडौं ।
एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ।
 
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ। गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसियक कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो।
 
प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।