Trending :
 

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

आषाढ २४,२०८१

-आस्था न्यूज

असार २४, २०८१ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो । 
 
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो । 
 
यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।