Trending :
 

कांग्रेस र एमालेबिच सम्झौता नभएर समझदारी भएको एमाले सचेतक बर्तौलाको दाबी

आषाढ २४,२०८१

-आस्था न्यूज

असार २४, २०८१ काठमाडौं ।
एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् । 
 
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे । उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताए । 
 
‘सिङ्गो देशको सङ्कट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, उनले भने,  ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’ उनले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले कांग्रेस एमाले समझदारी भएको दाबी गरे ।