Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आषाढ २५,२०८१

-आस्था न्यूज

असार २५, २०८१ काठमाडौं ।
आज २०८१ साल असार २५ गते मंगलबार सन् २०२४ जुलाई ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
लगातार बढेको बेलायती पाउण्डको खरिद दर १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।
 
राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि यूरोको विनिमयदर घटेको छ ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ शून्य पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।