Trending :
 

कांग्रेस-एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप

आषाढ २५,२०८१

-आस्था न्यूज

असार २५,  २०८१ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस-एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् । 
 
नयाँ सरकार आउँदै छ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो । 
 
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको दाबी गरे । 
 
सांसद ढकालले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहिँ कुन चरित्र हो रु कुन शैली र संस्कारको राजनीतिको रु यही बिचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचैन झा समातिने बित्तिकै समीकरणनै फेरबदल किन ?
सांसद ढकालले मुलुकलाई बरबाद पार्ने काम ठुला दलहरूले गरेको पनि बताए ।