Trending :
 

नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने

आषाढ २५,२०८१

-आस्था न्यूज

असार २५, २०८१ काठमाडौं ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ ।
 
नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
 
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
 
जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको आयोजनाको भनाइ छ । यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् ।
 
आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ । ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ । यो सडकको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ ।