Trending :
 

चट्याङ लागेर धान रोपिरहेका दुई महिलाको मृत्यु

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।
 
जिल्लाको राप्ती सोनारी गाउँपाकिला -२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।
 
जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो।
 
अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको हो।