Trending :
 

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 
रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका- ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको हो।
 
प्रहरीले मध्यराति १२ बजेपछि दुर्घटनाबारे सूचना पाएको थियो। प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वमा सातजनाको टोली बिहान २ बजे घटनास्थल पुगेको थियो।
 
प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको थियो।
 
दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन्। उनको टाउको ढाडमा चोट रहेपनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।
 
चालकको शव गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ।