Trending :
 

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

आषाढ २६,२०८१

-रासस

असार २६, २०८१ काठमाडौं ।
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ वटा घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न समुदायका घर निर्माण भएका हुन् ।
 
हिजो गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । उहाँले गाउँपालिकाका सात वटा वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवार छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो ।
 
अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरूको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष माया सिलवालले नयाँ घरको बारेमा धेरैको इच्छा भए पनि बिहान–बेलुकाको छाक जुटाउन समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो ।
 
गाउँपालिकाले आउँदो आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।