Trending :
 

काठमाडौंबाट ३८ लाख नगदसहित एक जना पक्राउ

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।
३८ लाख नगदसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्।
 
बुधबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २२ सुन्धाराबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले जानकारी दिए।
 
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्।
 
अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
 
उक्त सूचनापछि परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। 
 
उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।