Trending :
 

ओलीलाई नचिनेको त होइन तर यसरी धोका दिन्छन् भन्ने थिएनः प्रचण्ड

आषाढ २६,२०८१

-आस्था न्यूज

असार २६, २०८१ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई भ्रममा पारेको बताएका छन्।
 
बुधबार पार्टी संसदीय दलको बैठकलाई  सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे सिलसिलेबार रूपमा जानकारी गराएका छन्।
 
प्रधानमन्त्री प्रचण्डले पछिल्लो प्रकरणबाट एमाले अध्यक्ष ओलीबारेको ठूलो भ्रम चिरिएको बताएका छन्। ‘ठूलो भ्रम साफ भयो,’ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेहरूले कांग्रेससँग मिल्नेलाई दक्षिणपन्थी भन्थे। त्यसकारण हामीलाई राजनीतिक रूपमा नोक्सानी भएको छैन।’
 
उनले वामपन्थीहरूलाई एकतावद्ध बनाउने उद्देश्यले नै आफूहरू एमालेसँग मिलेको भएता पनि एमाले अध्यक्ष ओलीले झुक्याएको बताए।
 
‘केपी ओलीलाई नबुझेका त थिएनौं तर मान्छे हो। हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्‍यो,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने,‘यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’
 
उनले १७ गते एमाले अध्यक्ष ओलीसँग भएको भेटमा प्रधानमन्त्री चाहिए आजै छाडिदिन्छु वामपन्थी गठबन्धन कायम राखौं भनेको ब्रिफिङ सांसदहरूसमक्ष गरेका छन्।