Trending :
 

ललितपुर महानगरले बालकुमारीमा रहेक अनधिकृत संरचना हटायो

आषाढ ३०,२०८१

-आस्था न्यूज

असार ३०, २०८१ काठमाडौं ।
ललितपुर महानगरपालिकाले आइतबार बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ ।  ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो ।
 
हाछेथुका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको उनले बताए ।
 
महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो । सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो ।
 
हाछेथुका अनुसार त्यहाँ ९ वटा घरटहरा रहेका थिए । त्यसमध्ये २ वटा घरटहराले सूचनापछि ठाउँ खाली गरिसकेका थिए । आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको उनले बताए ।