Trending :
 

गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिनेलाई चार–चार वर्ष कैद सजाय

आषाढ ३०,२०८१

-आस्था न्यूज

असार ३०, २०८१ काठमाडौं ।
विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार-चार वर्ष कैद सजायको फैसला गरेको छ ।
 
त्यही घटनामा संलग्न थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला भएको हो ।
 
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ ।
 
विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको छ ।