Trending :
 

बाढीले मेलम्चीको भोताङ सडक बगायो

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
सिन्धुपाल्चोकको इन्द्रावती खोलामा गएराति आएको बाढीले मेलम्ची भोताङ सडक अन्तर्गत धेरै ठाउँ बगाएको छ ।
 
चिण्डे झोलुङ्गे पुल र निर्माणाधीन मोटर पूलको निर्माणाधीन संरचना समेत बगाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
 
बाढीले  तटीय क्षेत्रको खेती योग्य जमिन समेत बगाएको छ । हेलम्बु, पाँचपोखरी र बाह्रबिसे क्षेत्रमा अझै  विपतको खतरा रहेकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।
नेता तामाङले भने, ‘यस पटक सिन्धुपाल्चोकमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ कि भन्ने सबैले आशा गरेका थियौँ । तर अब मनसुन अवधिभर सतर्कता अपनाउन सबैमा हार्दिक अपिल गर्दछु ।