Trending :
 

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आषाढ ३१,२०८१

-आस्था न्यूज

असार ३१, २०८१ काठमाडौं ।
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
 
आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका-५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
 
दुर्घटनामा परी मृत्यु हुनेमा चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियार रहका छन् ।
 
दुर्घटनामा चालकसहित तीन जना व्यक्ति घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
 
प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका-५ का २२ वर्षीय प्रकाश तिरुवा र २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमै उपचार भइरहेको छ ।
 
ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।