Trending : #श्रीनेहा     
 

श्रीनेहा पोखरेलको नेतृत्वमा बाढी पहिरो पीडितका लागि राहत अभियान सञ्चालन

२ दिन अगाडि

-आस्था न्युज

१७ असोज, २०८१ । हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले प्रभावितहरुका लागि राहत नेपाल स्नेही काखाकी अध्यक्ष श्रीनेहा पोखरेलको नेतृत्वमा राहत अभियान सञ्चालन भईरहेको छ । पोखरेलले काठमाडौँका नदी प्रभाभितहरुका लागि बिशेष राहत अभियान सञ्चालन गर्नुभएको हो ।

 

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले देशको राजधानी काठमाडौँ लगायत देशका विभिन्न भागहरू प्रभावित बनाएको छ । बाढी, पहिरो र डुबानका कारण देशभर हाल सम्म २४० जना भन्दा बढीले ज्यान गुमाएका छन् भने २५ जना अझै हराईरहेको छन् । प्रकृति प्रकोपले पुर्याएको ठुलो जनधनको क्षति हुनुका साथै हजारौं मानिसहरू घरबारविहीन भएका अवस्थामा नेपाल स्नेही काखाकी अध्यक्ष श्रीनेहा पोखरेलको नेतृत्वमा राहत अभियान सञ्चालन गरिएको छ ।  

काठमाडौँको शंखमुल, वंशीघाट, सुन्दरीघाट जस्ता बाढीबाट सर्वाधिक प्रभावित स्थानहरूमा विपद्‌बाट प्रभावित जनतालाई राहत पुर्याउन नेपाल स्नेही काखाकी अध्यक्ष श्रीनेहा पोखरेलको नेतृत्वमा ठूलो राहत अभियान सञ्चालन भइरहेको युवा समाजसेवी रमिला पोखरेलले जानकारी दिनुभएको छ।

 

पोखरेलको टिमले बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित भएका परिवारलाई लत्ताकपडा, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गर्दै विभिन्न प्रभावित क्षेत्रहरूमा निरन्तर रूपमा सेवा पुर्याइरहेको छ। शंखमुल, वंशीघाट, सुन्दरीघाट जस्ता बाढीबाट सर्वाधिक प्रभावित स्थानहरूमा पोखरेलको टिमले २०,००० भन्दा बढी प्रभावित जनतालाई राहत सामग्री र खाना वितरण गरेको  छ। बाढीले घरबार गुमाएका तथा दैनिक जीवनयापन गर्न संघर्ष गरिरहेका परिवारलाई तत्कालको आवश्यकता पुर्याउन टोलीले विशेष ध्यान दिएको पोखरेले बताउनु भयो । पोखरेलका अनुसार लत्ताकपडा, दैनिक प्रयोगका सरसामान, र पिउने पानी लगायतका सामग्रीहरूसँगै उनीहरूलाई दुई छाक खानाको व्यवस्था गरिरहेको छ।

 

श्रीनेहा  पोखरेलको नेतृत्वमा रहेको  राहत अभियानले वीर अस्पतालको ट्रमा सेन्टरमा रहेका गम्भीर विरामी, असक्त कुरूवा र दुर्गम क्षेत्रबाट आएका कुरूवाहरूलाई पनि ४५ दिन अघि देखि लगातार नि:शुल्क भोजन सेवा दिँदै आएको छ।

 

पोखरेलका अनुसार , जाडो यामको सुरुवातसँगै, बाढीपहिरोबाट प्रभावित भएका बालबालिकाहरूको सुरक्षालाई ध्यानमा राख्दै वडा दशैंको अवसर पारेर  राहत अभियानले कम्तीमा ७०० बालबालिकालाई न्यानो कपडा वितरण गर्ने योजना पनि अघि बढाएको छ। नेपाल स्नेही काखाको यस अभियानले विपद्को घडीमा सहयोग र सहानुभूतिका साथ समाजसेवाको महत्वपूर्ण भूमिका निभाई रहेको  छ। उक्त टिमका सदस्यहरूको दिनरातको  मेहनत र समाज सेवाको भावानाले ओतप्रोत भई विभिन्न प्रभावित क्षेत्रमा पुगि सेवा र सहयोग प्रदान गर्दै आईरहेको छ।