क्रिकेट
चैत्र २९,२०७३
-
चैत्र २९ –
आइपीएल-१० मा किंग्स एलेभेन पञ्जावले लगातार दोस्रो जित हात परेको छ।
सोमबार घरेलु मैदानमा भएको खेलमा पञ्जावले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ८ विकेटले पराजित गरेको हो ।
बैंगलोरले दिएको १४९ रनको लक्ष्य पञ्जावले १४.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
पञ्जावका लागि ओपनर हसिम अम्लाले अर्धशतकीय पारी खेल्दै नटआउट ५८ रन बनाए।
३८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।
यस्तै कप्तान ग्लेन म्याक्सवेलले २२ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा नटआउट ४३ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १४८ रन बनाएको थियो।
रोयल च्यालेञ्जर्स बेङ्लोरका लागि डीभिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै ३ चौँका र ९ छक्काको सहयोगले ८९ रन बनाए पनि किङ्स इलेभेन पञ्जावले गरेको आक्रामक व्याटिंगका कारण हार बेहोर्नु पर्यो।
यो जित पञ्जावको आइपिएलमा लगातार दोस्रो जित हो।
आइपिएलमा लगातार दुई खेल जित्ने अर्को टिम सनराइजर्स हैदराबाद हो।
बेङ्लोरले भने ३ खेलमध्ये २ मा पराजय भोगेको छ।
प्रमुख समाचार
सम्वन्धित समाचार