Trending :
 

फुटबल

क्रिस्टल प्यालेससँग पराजित भएसँगै आर्सनललाई ठूलो धक्का

प्रिमियर लिग

चैत्र २९,२०७३

-

चैत्र २९ -

प्रिमियर लिगको शीर्ष चारमा रहदै आएको आर्सनललाई गए राति क्रिस्टल प्यालेजसँग भएको खेलले ठुलो धक्का दिएको छ।

क्रिस्टल प्यालेजलाई घरेलू मैदानमा हिजो भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको छ।

यससँगै आर्सनलको शिर्ष ४ मा पर्ने सम्भावना निकै निम्न बन्दै गएको हो ।

क्रिस्टल प्यालेजको जितका लागि एन्ड्रेस टाउनसेण्डले, योहान कावाये र लुका मोलेजोभिकले एक एक गोल गरे।

एन्ड्रेस टाउनसेण्डले १७ मिनेट, योहान कावायेले ६३ औं मिनेट तथा लुका मोलेजोभिकले पेनाल्टीको सदुपयोग गर्दै ६८ औं मिनेटमा गोल गरेका हुन् ।

३० खेल खेलिसक्दा आर्सनलको मात्र ५४ अंक छ र अंक तालिकामा छैटौं स्थानमा छ।

हारपछि आर्सनल समान खेल खेलेको पाँचौ स्थानको म्यानचेष्टर युनाइटेड भन्दा पनि ३ अंकले पछि परेको छ भने शीर्ष स्थानको चेल्सी भन्दा २१ तथा दोस्रो स्थानको टोटनहम भन्दा १४ अंकले पछि छ।

३१ खेलबाट ३४ अंक जोडेको प्यालेस १६औं स्थानमा छ।