Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

शक्तिशाली हतियारको बलमा मुकाबिला गर्ने कोरियाको चेतावनी

चैत्र २९,२०७३

-

२९,चैत्र-

कोरियाली प्रायद्वीपमा अमेरिकी युद्धपोत तैनाथीको जवाफमा उत्तर कोरियाले शक्तिशाली हतियारको बलमा त्यसको मुकाबिला गर्ने चेतावनी दिएको छ ।

सरकारी समाचार एजेन्सी केसिएनएले विदेश मन्त्रालयको हवाला दिँदै उत्तर कोरियाको परमाणु हतियारले आफूलाई लैस गर्ने निर्णय सही रहेको बताएको थियो । उसले यो अवस्था गम्भीर चरणमा पुगिसकेको जनाएको छ ।

अमेरिकी प्रशान्त कमाण्डले यो तैनाथीको उद्देश्य आफूलाई तयार अवस्थामा राख्नु भएको जनाएको छ ।

उत्तरु कोरियाले हालका दिनमा परमाणु मिसाइल विकसित गर्नका लागि केही परीक्षण गरिरहेको छ ।

 

संयुक्त राष्ट्र संघले उसको परमाणु र मिसाइल परिक्षणका विषयलाई लिएर प्रतिबन्ध लगाइसकको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु समस्या एक्लै हल गर्न अमेरिका तयार रहेको बताइसकेका छन् । एजेन्सी