अल्ट्रा साउन्डले दुई जुडुवा बच्चाहरु एक आपसमा चुम्बन गरिरहेको देखाउँदा

चैत्र २९,२०७३

-डेलि मेल

पेनसिल्भानियामा एक जोडि आफ्नो जन्मने जुडुवा छोरीहरुलाई अल्ट्रा साउन्डद्वारा हेर्न डाक्टर कहाँ पुग्छन् ।

अचम्म के हुन्छ भन्दा जब अल्ट्रा साउन्डद्वारा ति बच्चाहरुको रिपोर्ट ति जोडिले देखछन् उनीहरु एक आपसमा चुम्बन गरिरहेका जस्ता भेटिन्छन्  ।

२५ वर्षकी कारिसा गिल आफ्नो बोइफ्रेन्ड रयानडीका साथ पेनसिल्भानियाको फेटल इम्याजनिंग होस्पितलमा एक साता अघि पुगेका थिए ।

जब उनिहरुले आफ्ना दुई जुडुवा बच्चाहरु एक आपसमा चुम्बन गरिरहेको परिदृश्य देखे, उनिहरु आश्चर्य एवम् हर्षित हुन् पुगे ।

कारिसा र रयानडीले यी दुई बच्चाहरुको नाम जन्मनु आगावै इसावेल र क्यालि राखिसकेका छन् ।

संचार माध्यममा आफ्ना जुडुवा छोरीहरुको अल्ट्रा साउन्डको तस्विर सेयर गर्दै क्यालिले लेखिन्, “इसावेलले आफ्नो बहिनी क्यालिलाई चुम्बन गरिरहेकी छिन् ।“

साथमा उनि आफ्ना छोरीहरु देख्न निकै आतुर रहेको बताईन ।