Trending :
 

फिल्म

सेन्सरले रोकेको फिल्म 'गोल्डेन ग्लोब अवार्ड'मा छानियो

चैत्र २९,२०७३

-

भारत:

प्रकाश झाको फिल्म 'लिपस्टिक अंडर माई बुर्का ' लाई हलिउड फरेन प्रेस असोशियशनले गोल्डन ग्लोब्समा स्क्रीनिंगको अनुमति दिएको छ ।

यौन र महिलाको चर्चा बढी भएको यस फिल्मलाई आफ्नै देश भारतले सेन्सर लगाएको छ ।

अलंकृता श्रीवास्तवाद्वारा निर्देशित यो फिल्म लस एलजेलसमा ५ देखि ९ अप्रिलसम्म भएको इन्डियन फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको थियो ।

यस फिल्ममा रत्ना पाठक शाह र कोंकणा सेन शर्माको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा चार भारतीय महिलाको असामान्य जीवनलाई प्रस्तुत गरिएको छ ।  

विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत जितिसकेको यस फिल्मले केही हप्ता अघि मात्र 'ग्लास्गो फिल्म अवार्ड'मा अडियन्स अवार्ड हात पारेको थियो ।