Trending :
 

आर्थिक प्रसङ्ग

जोगमाइ खोलाबाट आइतबारदेखि विद्युत उत्पादन परीक्षण

' वर्षातको समयमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरीद गर्ने सम्झौता'

चैत्र २९,२०७३

-

२९,२०७३चैत्र,काठमाडौँ-

 निजी क्षेत्रद्वारा प्रवर्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँ बजार गाविमसा पर्ने जोगमाइ खोलाबाट विद्युत उत्पादन परीक्षण सुरु गरेको छ ।

प्राधिकरणका प्रविधिकहरूको रोहवरमा विद्युत गृहको सफल परीक्षणपछि आइतबारदेखि उत्पादन परीक्षण सुरु गरिएको हो ।

सान्भी इनर्जीका प्रवन्ध निर्देशक भानु पोखरेलका अनुसार  'खोलामा पानी उपलब्धताका आधारमा हाल एक युनिटबाट १.६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।‘प्रसारण लाइन(१०.५ कि.मी) मार्फत गोदमस्थित सवस्टेशनमा पुर्‍याइएको छ ।‘

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसित वर्षातको समयमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरीद गर्ने सम्झौता गरेको छ।

सोही सम्झौता अनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य बृद्धि हुनेछ ।

निर्माण अवधिको व्याजसमेत गरी आयोजनाको कूल लागत एक अर्ब ५० करोड रुपैयाँ रहेको प्रबन्ध निर्देशक पोखरेलले बताए ।

लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलास विकास बैंकको संयुक्त लगानीमा आयोजना गरिएको हो ।

आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा उपकरण जडित रहेको र केही इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलो पटक नेपालमा भित्र्याइएको निर्देशक पोखरेलले बताए ।

साथै उनले विनाशकारी भूकम्प र नाकाबन्दीका बाबजुद पनि सबै चुनौती पार गरी आयोजना सम्पन्न गर्नमा सफलता रहेको पनि बताए ।