नेउवा महासंघको चुनावी परिणाम
चैत्र ३०,२०७३
-
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै शेखर गोल्छा प्यानल बहुमतसहित निर्वाचित भएको छ। बिहान ९ बजेदेखि सुरु भएर दिउसो १ बजेसम्म चलेको मतदानमा कूल ८ सय २३ भोट खसेको थियो।
गोल्छा प्यानलले वरिष्ठ उपाध्यक्षमा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हो । प्रतिस्पर्धी प्रधानले भने ३६ दशमलव ७० प्रतिशत मत मात्र प्राप्त गरे । कूल सदर मतको ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान रहेको निर्वाचनमा गोल्छाले जिल्ला/नगरबाट ६१ मत प्राप्त गरेका छन्। यो कुल मतको २९ दशमलव ६१ प्रतिशत हो। त्यसैगरी, वस्तुगतबाट ४७ मत र एसोसिएटबाट ५ सय ४ मत प्राप्त गरेका छन्। यो कुल मतको क्रमश ९ दशमलव ५९ प्रतिशत र २४ दशमलव १० प्रतिशत मत ल्याएका हुन्। त्यसैगरी, किशोरले वस्तुगतबाट ५१ मत प्राप्त गरेका छन्। यो कुल मतको १० दशमलव ४१ प्रतिशत हो। त्यसैगरी, जिल्ला÷नगरबाट ४२ मत प्राप्त गरेका छन्। यो कुल मतको २० दशमलव ३९ प्रतिशत र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन्। यो कुल मतको ५ दशमलव ९ प्रतिशत हो ।
गोल्छा प्यानलले वस्तुगतको उपाध्यक्ष सहित १२ जना कार्यसमिति सदस्य जितेको छ भने किशोर प्रधान समूहले भने ३ जना कार्यसमिति सदस्यमात्र जितेको छ।
प्रतिस्पर्धी शंकर पाण्डे र अनुम मल्ललाई हराउँदै वस्तुगतको उपाध्यक्षमा पनि गोल्छा प्यानलका उमेललाल श्रेष्ठले विजय भएका छन्।
जिल्ला/नगरको उपाध्यक्षमा भने गोल्छा प्यानललाई हराउदै प्रधान प्यानलका प्रमोद श्रेष्ठले ५५ मत प्राप्त गर्दै जितेका छन्। उनका प्रतिस्पर्धी गोल्छा प्यानलका दिनेश श्रेष्ठले ४८ मत पाएका थिए। तर जिल्ला/नगरको कार्यसमिति सदस्यमा १६ जना गोल्छा प्यानलबाट विजयी भएका छन्, भने दुई जना किशोर समूहबाट निर्वाचित छन्।
एसोसिएटका १९ सदस्यको लागि भएको निर्वाचनमा सबै सदस्य गोल्छा समर्थित सदस्यहरु नै बिजयी भएका छन् भने उपाध्यक्षमा यस अघि नै चन्द्रप्रसाद ढकाल सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
महासंघमा गोल्छा प्यानलले दुईतिहाई बहुमतमा प्राप्त गरेको छ । कूल ६८ जनाको कार्यसमिति रहने व्यवस्था छ । कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान गोल्छा प्यानलबाट हुने लगभग निश्चित छ।
अध्यक्ष
भवानी राणा
वरिष्ठ उपाध्यक्ष
शेखर गोल्छा
चन्द्रप्रसाद ढकाल निर्विरोध
ओम राजभण्डारी ६९६
ज्ञानेन्द्रलाल प्रधान ५८९
अशोक कुमार तोदी ५८६
प्रबलजंग पाण्डे ५८६
गोपाल खनाल ५८५
सौरभ ज्योति ५८५
भरतराज आचार्य ५८४
विजयसिंह वैद्य ५८२
मंगलेश्वर श्रेष्ठ ५८२
आनन्द कुमार बगरिया ५५१
साहिल अग्रवाल ५४८
रन्जितराज आचार्य ५४६
सुनिलनारायण श्रेष्ठ ५४६
अशोक कुमार टेमनी ५४१
राजेश कुमार अग्रवाल ५३६
रामशरण थपलिया ५२९
ज्योत्सना श्रेष्ठ ४९६
कृष्ण दुलाल ४६०
मनिस अग्रवाल ४५८
जिल्लानगर
प्रमोद श्रेष्ठ ५५
उमेश डालमिया ९०
सुरकृष्ण वैद्य ८६
राजन श्रेष्ठ ८२
मनिशलाल श्रेष्ठ ८०
कृष्णप्रसाद शर्मा ७८
दिपक लम्साल ७८
कृष्ण श्रेष्ठ ७५
ध्रुवराज श्रेष्ठ भारी ७४
दिलसुन्दर श्रेठ ७२
निरक केसी ७१
किशोर कुमार आचार्य ६८
सुरेन्द्र कुमार श्रेष्ठ ६८
चन्द्रकान्त अधिकारी ६५
कृष्णप्रसाद श्रेष्ठ ७८
राजेन्द्र कुमार श्रेष्ठ ७३
राजकुमार न्यौपाने ६३
कल्यान जोशी ६१
देव कुमार श्रेष्ठ ५८
सुदर्शन कार्की ५८
उमेशलाल श्रेष्ठ ४९
अञ्जन श्रेष्ठ ७३
सन्दिपकुमार अग्रवाल ७१
प्रकाशसिंह कार्की ६१
सकुन्तलाल हिराचन ६१
शिवप्रसाद घिमिरे ५९
आकाश अधिकारी ५६
विनोद ढकाल ५५
तिलचन्द्र भट्टराई ५३
कमला श्रेष्ठ ५२
जयप्रकाश सिवाकोटी ५१
सुरेन्द्रकुमार श्रेष्ठ ५१
हेमराज ढकाल ५१
खेमराज पन्त ५०
नरेशलाल श्रेष्ठ ५०
रविनकुमार श्रेष्ठ ५०
सुनिलगोपाल श्रेष्ठ ५०
प्रदेशतर्फ
रोहित प्रसाई १३
गणेश प्रसाद लाठ निर्विरोध
कमलकृष्ण श्रेष्ठ १०
भिम बहादुर थापा निर्विरोध
लंकमान रोका ७
प्रकाश थापा निर्विरोध
संस्थापक
अबिनास बोहरा
द्विराष्ट्र
अजय मुडभरी
प्रमुख समाचार