Trending :
 

डेम्बेले फेरि घाइते, एक महिना मैदान बाहिर रहने

माघ ०२,२०७४

-

२ माघ, २०७४ 
 
बार्सिलोनाका स्ट्राइकर ओस्माने डेम्बेले फेरि झण्डै एक महिना मैदान बाहिर हुने भएका छन् । घुँडाको चोटका कारण उनी तीनदेखि चार हप्ता मैदान बाहिर हुने भएका हुन् । फ्रान्सेली स्ट्राइकर डेम्बेले बोरुसिया डर्टमुण्डबाट यो सिजन मात्र बार्सिलोना आएका हुन् । रियल सोसाईडेड विरुद्ध खेलने क्रममा उनि घाइते भएका थिए ।
 
उनि चोटका कारण झण्डै चार महिना मैदान बाहिर बसेर भर्खर खेलमा फर्किएका थिए । चोटमुक्त भएपछि उनले बार्सिलोनाको लागि  मात्र चार खेल खेले । अब उनी फेब्रुअरी ११ मा गेटाफेसँगको खेलमा मात्र मैदान र्फकने सम्भावना छ । यो च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीसँग खेल्नु ९ दिन अघि मात्र हो ।