Trending :
 

फुटबल

बार्सिलोनावविरुद्ध युभेन्ट्सको ३ गोल

च्याम्पियन्स लिग

चैत्र ३०,२०७३

-

चैत्र ३०, २०७३ च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगमा सिरि ए क्लब युभेन्टसले स्पेनिस महारथी बार्सिलोनालाई ३–० ले पराजित गरेको छ ।

युभेन्ट्सले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट भोगेको ३–१ गोलको गतिलो बदला लिएको छ।

बार्सिलोनावविरुद्ध २२ मिनेटभित्रै युभेन्ट्सका अर्जेन्टिनी स्ट्राइकर पाउलो ड्याबालाले २ गोल गरेका थिए ।

ड्यावालाले ७ औ मिनेटमा दिलाएको अग्रतालाई २२ औँ मिनेटमा दोब्बर पारेका हुन् ।

पहिलो हाफमा २ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफ पनि आफ्नो डिफेन्सिभ लाइनअपमा सुधार गर्न सकेन । फल स्वोरुप युभेन्ट्सले अर्को गोल पनि थप्यो ।

अर्को गोल अनुभवी डिफेन्डर जियोर्जियो चेलिनीले ५५ औँ मिनेटमा गरे।

प्री क्वार्टरफाईनलको पहिलो लेगमा फ्रान्सेली क्लब पीएसजीसंग ४–० ले पराजित भएपनि दोस्रो लेगमा अविश्वसनिय पुनरागमन गर्दै अन्तिम ८ मा प्रवेश गरेको बार्साको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

उता घरेलु मैदान टोरिनोमा पाएको प्रभावशाली जितपछि युभेन्ट्स प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ ।