३ बर्षे वालकको कमाल , गजब छ दुनिया !

फाल्गुण ३०,२०७३

-

बेइजिंग l बच्चा भगवानको रुप हुन् l भगवानले संसारलाई बच्चाको रुपमा सबैलाई खुशी बाड्न एउटा अनमोल उपहार नै दिएको मानिन्छ l हामी ३ बर्षको बच्चाको बारेमा सोच्नु पर्यो भने के सोच्छौ ? अझै उसको प्रतिभा कस्तो होला भनि कल्पना गर्यौ भने पक्कै राम्रो संग नाम लिन सक्छ , अक्षर चिन्न र पढ्न सक्छ आदि होइन र ? तर चीनको एक जना बालकको अचम्मको प्रतिभा छ जसले सबैको मन जित्न सफल भएको छ l यी  ३ बर्षको बालकको प्रतिभा सोसल साईटमा अत्यधिक हेर्नु र शेयेर गरिएको छ (११९,३९२,८२८ ) l  यस भिडिओमा यी बच्चाको नृत्ययति राम्रो छ कि उपस्थित सबै दर्शकलाई मोहित तुल्याउन सफल भएको छ l यू-ट्यूबमा राखिएको यस भिडियो ११ करोड भन्दा बढीले हेरिसकेका छन l

जजहरुको हाउभाउले यस्तो दर्साउथ्यो कि उनीहरु बालकको यस्तो प्रतिभा छ भनेर अन्दाज सम्म पनि लगाएका थिएनन् l यस भिडिओहेरेर हामी सहजै अनुमान लगाउन सक्छौ कि ति बालकमा कति प्रतिभा भरिएको छ भनेर l बालकको अर्को फरक प्रस्तुति र पहिचान यो छ कि उनि आफै संग स्पिकर सहित को लगेज लिएर आउछन् र त्यसमा भएको रिमोट अनुसार थिचिएको गीतमा सबैलाई मन पर्ने तरिकाले नृत्य र कला प्रस्तुत गर्छन l