चैत्र ३०,२०७३
-
डर्टमण्ड, चैत ३० –
जर्मनीको चर्चित फुटबल क्लब बोरुसिया डर्टमुण्डका खेलाडीहरुलाई लक्षित गरी ३ वटा बम बिस्फोट गरिएको छ ।
गएरातीका लागि तय घरेलु च्याम्पियन्स लिगको क्वाटरफाईनल खेलका लागि जाने क्रममा खेलाडी बोकेको बसमा लक्षित आक्रमण गरिएको डर्टमुण्डका प्रहरी प्रमुखले जनाए ।
उक्त घटनामा डर्टमुण्डका डिफेन्डर मार्क बरुता नामक एक खेलाडिलाई सामान्य चोट लागेको र अरु खेलाडिहरु सकुशल नै रहेको जानकारी दिईएको छ ।
घटनास्थलमा पत्र पनि पाइएको बताए पनि त्यसको बारेमा थप जानकारी दिइएको छैन ।
प्रहरीका अनुसार बसमा तीनवटा विस्फोट भएका थिए ।
यसलाई नियोजित हमलाको संज्ञा दिइएको छ ।
हिजो हुने भनिएको च्याम्पियन्स लिगको क्वाटरफाईनल खेल बुधवारका लागि सारिएको छ भने बिशेष सुरक्षा सर्तक्ता समेत अपनाइएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार