Trending :
 

ज्यान बचाँउने नर्सलाई न्याय देउँ सरकार !

आन्दोलनरत नर्ससँग वार्ताका लागि उच्चस्तरीय वार्ता समिति गठन:

माघ ०३,२०७४

-

माघ ३,२०७४ काठमाडौं ।
आन्दोलनरत नर्सहरुसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।
 
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ तथा नर्सिङ्ग प्रशासक कल्पलता सुब्बा सदस्य रहेका छन् ।
 
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सहरुलाई पुर्नबहाली गरिनुपर्ने, मन्त्रालयमा नर्सिङ्ग सेवा महाशाखा राखिनु पर्ने, प्रत्येक स्कुलमा एक नर्सको व्यवस्था गरिनु पर्ने, नर्सहरुमाथिको श्रम शोषण अन्त्य गरिनुपर्ने लगायतका ११ बुँदे माग राख्दै नेपाल नर्सिङ्ग संघको आव्हानमा देशभरका नर्सहरुले आन्दोलन गर्दै आएका थिए ।
 
पहिलो चरणको आन्दोलनका क्रममा हातमा कालो पट्टी बाधेर आन्दोलन सुरु गरेका नर्सहरुले गत पुस २७ गतेदेखि ३० गते सम्म एक घण्टा ड्युटी छोडेर आन्दोलन गरेका थिए ।
 
लगत्तै माघ १ गतेदेखि तीन दिनका लागि तीन घण्टा ड्युटी छोडेर आन्दोलनमा उत्रिएका नर्सहरुले वार्ताद्वारा समस्याको समाधान नभए तथा आफ्ना माग पूरा नभए यही माघ ४ गतेदेखि ७ गतेसम्म पूरै ड्युटी छोडेर मन्त्रालय घेराउ गर्ने जनाएका थिए ।
 
नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै बानेश्वरमा धर्ना 
 
कैलालीको मालाखेती अस्पतालमा तालाबन्दी
कैलालीको मालाखेती अस्पतालमा बुधबार तालाबन्दी गरिएको छ ।
मालाखेती अस्पतालमा २४ घन्टा प्रसूति सेवा सुचारु हुनुपर्ने, अस्पतालमा कार्यरत् अनमि विष्णुमाया बुढाको पुनःबहाली गरिनुपर्ने लगायतका माग राख्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।
 
विगत लामो समयदेखि अस्पतालमा कार्यरत् बुढाको गत असारमा करार सकिएपछि अस्पताल व्यवस्थापन समितिले उनको करार अवधि नवीकरण नगरेको आरोप स्थानीयले लगाएका छन् ।
 
आन्दोलनरत् समितिका अध्यक्ष प्रेमबहादुर भोलाले अस्पतालको समस्या समाधानका लागि अस्पताल व्यवस्थापन समिति गम्भीर नभएको आरोप लगाए ।
 
उता, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत खड्काले नर्सहरुको आन्दोलनका कारण कर्मचारी कम हुँदा सेवाग्राहीलाई सेवा दिन नसकिएको स्वीकार गरे ।
 
उनले अनमि बुडाको करार अवधि सकिएकाले तलब दिन नसक्दा करार नथपिएको बताए ।
 
अध्यक्ष खड्काले अस्पताल अहिले नगरपालिकाको मातहतमा रहेकाले नयाँ कर्मचारी भर्नाका लागि नगरपालिकालाई पटक–पटक अनुरोध गरेपनि कुनै सुनुवाइ नभएकाले समस्या आएको बताए ।
 
Image may contain: 7 people, people smiling, crowd and outdoor
 
Image may contain: 7 people, people smiling, crowd and outdoor
 
Image may contain: 5 people, people smiling, crowd and outdoor
 
 
No automatic alt text available.

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News