चैत्र ३०,२०७३
-
३० चैत्र -
एन्जल लर्ड एकेडेमीले मौलिक लोक संस्कृतिको क्षेत्रमा काम गर्ने चार श्रष्टालाई सम्मान गरेको छ ।
एन्जल लर्डले वरिष्ठ साहित्यकार तथा लोक संस्कृतिविद प्राध्यापक तुलसी दिवसले लोक गायिका हरिदेवी कोइराला, कल्पना योङ्हाङ, मुनु नेम्वाङ र जिग्मेछ्योकी घिसिङलाई सम्मान गरेको हो ।
कोइरालालाई नेपाली लोक गीत संगीतमा अतुलनीय योगदान पुर्याए बापत र योङहाङलाई नेपाली ढाका कपडाको प्रवर्द्धन र बिस्तारमा महत्वपूर्ण योगदान पुर्याकाले सम्मान गरिएको हो ।
त्यसैगरी नेम्वाङलाई पालम, हाक्पारे, ख्याली तथा अन्य लोकगीत गाएर नेपाली लोक गीतसंगीतलाई अझ समृद्ध बनाउन योगदान दिएकामा र घिसिङलाई उदयमान बालप्रतिभाका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा नर्सरी, एलकेजी, र युकेजीका भाईबहिनीहरुले रेम्स, बाल नाटक, हास्य नृत्य प्रस्तुत गरेका थिए । सोनाम शिरीष मगर र उनको समुहले लेकका हामी केटाकेटी गाएका थिए भने युजीन राई र उज्ज्वल सुवेदीले क्रमश उकाली ओरालीमा, ‘जहाँ छन बुद्धका आँखा’ जस्ता गीत प्रस्तुत गरेका थिए ।
एन्जल लर्ड एकेडेमी नमुना विध्यालयको रुपमा स्थापित हुँदै: काठमाडौ-३५,कोटेश्वरमा अवस्थित एन्जल लर्ड एकेडेमी हाई स्कुल आफ्नो छुट्टै पहिचानका साथ अघि बढ्दै गरेको नमुना शैक्षिक सस्थाको रुपमा परिचित विध्यालय हो ।
यहाँ वालबालिकालाई किताबी ज्ञान मात्र दिने काम गर्दैन बाल मैत्री बाताबरणमा तालीम प्राप्त शिक्षक/शिक्षिकाद्वारा समय सापेक्ष व्याबाहारिक एवम जीवन उपयोगी शिक्षामा विशेष जोड दिईन्छ।
यतिमात्र होइन, यो विध्यालयले यहाँ अध्ययनरत विध्यार्थीकाई आफ्नो मौलिक लोक सस्कृतिको क्षेत्रमा पनि लाग्न प्रेरित हुने कार्यक्रमहरु सन्चालन गरि उनीहरुलाई नै प्रशिक्षण दिलाई प्रस्तुत गराइन्छ ।
जसले गर्दा मौलिक लोपोन्मुख संस्कृति हस्तान्तरण हुन सहयोग पुग्दछ ।
यसै सन्दर्भमा यो विध्यालयले विगत देखि नै वार्षिक रुपमा मौलिक लोक सास्कृतिक तथा श्रस्टा सम्मान कार्यक्रम पनि गर्दै आएको छ ।
“हाल करीव ६०० विध्यार्थी अध्ययनरत यस विध्यालयले आगामी दिनमा अझ सशक्त रुपमा विशिष्ट योजनाहरुलाई कार्यान्वयन गर्दै अघि बढ्नेछौ” , स्कूलका अध्यक्ष राज कुमार तामाङले भन्नुभयो।
“लोक संस्कृतिलाई जोगाउनु हाम्रो कर्तव्य हो । अहिले हाम्रो मौलिक पहिचान बोकेको लोक गीतसङ्गीत, सस्कृती लोप हुँदै गएको अवस्थामा एउटा स्कूलले गरेको यो सानो प्रयासले पक्कै पनि थोरै मात्रमा भएपनी यो क्षेत्रलाई टेवा मिल्नेछ भन्ने कुरामा हामीलाई विश्वास छ ।“; विध्यालय प्रमुख टङ्क लिम्बूज्युले बताउनुभयो।
प्रमुख समाचार