Trending :
 

चीनमा आर्थिक वृद्धिदर ७ प्रतिशतले बढ्यो

माघ ०४,२०७४

-

माघ ४,२०७४ बेइजिङ ।
चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशतले बढेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो ।
 
चीनले ६.५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको थियो । पछिल्लो समय चीन विश्वकै आर्थिक महाशक्ति रुपमा उदाएको छ र यसैकारण लक्ष्यभन्दा बढी वृद्धिदरले विश्वभरका लगानीकर्तालाई उत्साहित बनाएको बताइएको छ ।
यद्यपी सरकारी आँकडाअनुसार चीनमा जिडिपी संख्या न्युन छ ।
 
२०१७ मा चीनले गरेको विकास पछिल्लो दुई वर्षयताकै तीव्र गतिमा भएको बताइएको छ र पछिल्लो आर्थिक वृद्धिदर २०१० पछिको सबैभन्दा बढी हो ।
 
चिनियाँ आर्थिक मन्त्रालयले विहीबार आँकडा सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।