क्रिकेट
चैत्र ३०,२०७३
-
धनगढी -
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ ।
आज भएको पहिलो खेलमा रुपन्देहीले टस जितेर पहिले ब्यत्तिंग रोज्दा ६ विकेटको क्षतीमा १२९ रन बनाएको थियो ।
रुपन्देहीले दिएको १३० रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा अत्तरिया ४२ रनले पराजित भएको छ ।
एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीको जितमा राजेश पुलामी मगरले सर्वाधिक ३१ रन गरे । त्यस्तै प्रकाश केसीले २९ तथा पुष्प थापाले रन बनाए ।
जवाफमा १३० रनको लक्ष्य पछ्याएको अत्तरिया १९.४ ओभरमा ८७ रनमै बल आउट भयो।
अत्तरियाको सुरुवात नै राम्रो हुन सकेन ।
ओपनर सन्दीप सुनार दोस्रो ओभरमा २ रनमा आउट भए भने अर्का ओपनर दीलिप नाथ तेस्रो ओभरमा खाता नखोली आउट भए।
अत्तरियाका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३० रन बनाए।
यस्तै अभिनास बोहराले १४ रन बनाए तथा विनोद लामा १२८ रनमा नटआउट रहे।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरियाको लागि यो पहिलो हार हो।
यसअघि अत्तरियाले पहिलो खेलमा काठमाठौं गोल्डेन्सलाई पराजित गरेको थियो भने रुपन्देहीले पहिलो खेलमा कञ्चनपुर आइकोनिकलाई १४ रनले हराएको थियो ।
लगातार दोस्रो जितसँगै शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ४ अंकका साथ लिगमा शीर्ष स्थानमा छ ।
यस्तै काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्स बिचको खेल अहिले भइरहेको छ ।
टस जितेर पहिले ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सको अहिले २ विकेटको क्षतीमा ७२ रन छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार