बाहुबली फिल्मका ६ रोचक तथ्य

चैत्र ३०,२०७३

-एजेन्सी

चैत्र ३०,

कटप्पाले बाहुबली किने मारे ? बाहुबली यो प्रश्न राख्दै सकिएको थियो। अब फिल्मको दोस्रो भाग ‘बाहुबली: द कन्क्लूजन’ रिजिलको तरखरमा छ।

फिल्म यहि अप्रिल २८ मा रिलिज हुनेछ। बाहुबलीको यो दोस्रो भागको लागि २५० करोड भारु खर्च भएको छ। बाहुबली-२ संग जोडिएका केही रोचक कुरा पढ्नुस्

बाहुबली-२ को क्लाइम्याक्स सीन सुट गर्न करिब ३० करोड भारु खर्च गरिएको छ ।

यो सिन २० मिनेट को छ। पहिलो भागको क्लाइम्याक्सको सीन सुट गर्न करिब १५ करोड भारु खर्च लागेको थियो।

बाहुबली -३ बन्ने

बाहुबलीका निर्देशक एसएस राजामौलीको फिल्मको तेस्रो भाग बन्ने बताउँछन्। यसबारेमा थप जानकारी भने बाहिर आएका छैनन्।

रिलिज भन्दा अघि नै ५०० करोड भारु
फिल्मको सबै स्याटेलाइट अधिकार करिब ७८ करोड भारुमा बेचिएको छ। बलिउडमा यो फिल्म करिब ६५०० स्क्रिनहरुमा रिलिज गरिनेछ। हिन्दी राइट्स करिब १२० करोड भारु र विदेशी राइट्स करिब ५२ करोड भारुमा बेचिएको छ। स्याटेलाइट तथा थिएट्रिकल राइट्सको कारण यो फिल्मले रिलिज पूर्व नै ५०० करोडको कमाइ गरिसकेको छ।

फिल्ममा ४ क्लाइम्याक्स तर

फिल्मको क्लाइम्याक्सको लागि ४ सिन तयार गरिएको बताइएको छ। तर कुनै एकलाई मात्र फिल्ममा राखिने छ।

झरनावाला सिन बाहुलबी-२ मा पनि

‘बाहुबली’ को झरनावाला सिन फिल्मको दोस्रो भागमा पनि राखिएको बताइएको छ।

प्रभासले आगामी ४ वर्षको लागि कुनै पनि फिल्म साइन गरेका छैनन

फिल्मका नायक प्रभासले ‘बाहुबली’ को पहिलो भाग बन्न अघि नै ४ वर्षको लागि अन्य फिल्म साइन गरेका थिएनन्। साथीभाइले यस्तो निर्णय नलिन बताएपनि अहिले सो ४ वर्ष अन्यको लागि साइन नगरेको जरुरी नै देखिएको छ। किनकी पहिलो र दोस्रो भाग पछि यदि तेस्रो भाग बन्दा पनि फिल्ममा उनी नै नायक रहनेछन्।