Trending :
 

पटाका कारखानामा आगलागी, १७ जनाको मृत्यु:

माघ ०७,२०७४

-

माघ ७, २०७४ काठमाडौं ।
भारतको राजधानी नयाँ दिल्लीको बाहिरी क्षेत्रमा रहेको बवाना औद्योगिक क्षेत्रमा अवस्थित पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार बवाना औद्योगिक क्षेत्रमा अवस्थित दुई तले पटाका कारखानामा आगलागी हुँदा त्यहाँ कार्यरत कामदारको मृत्यु भएको हो । 
 
सुरुमा दिल्ली प्रहरीले नौ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । तर पछि मृतकको संख्या बढेर १७ पुगेको छ ।
 
पटाका कारखानाबाट सुरु भएको आगो नजिकै रहेको कार्पेट कारखाना र पेट्रोलियम पदार्थ ओसार पसार गर्ने ट्यांकरमा समेत सल्किएको एक अधिकारीले बताएका छन् । यद्यपि उनले आगलागी नियन्त्रणमा आइसकेको बताए । 
 
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगलागीको घटनाको छानविन गर्न आदेश दिएका छन् । 
 
घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमा दिल्ली सरकारले राहत र उद्धार कार्यमा नजर राखिरहेको उल्लेख गरेका छन् । 
दिल्लीका शहरी विकास मन्त्री सत्येन्द्र जैनले घटनाको छानविनको आदेश दिइसकेको बताएका छन् । 
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।