Trending :
 

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै (बुस्ट) गर्ने

माघ ०७,२०७४

-

माघ ७, २०७४ न्युयोर्क ।
 
फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन् ।
 
‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं । जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ । त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ ।
 
प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ । समाचार जो पाठकका लागि जानकारीमूलक होस, स्थानीय समुदायका लागि सान्दर्भिक होस् त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ ।
 
यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ । ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ फेसबुकले भनेको छ । सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिनेछैन ।   
 
यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकको विश्वास छ । एजेन्सी