Trending :
 

नेपालमा पहिलो पटक धनगढीमा महिला गोल्डकप हुदै

माघ ०९,२०७४

-

खप्तड गोल्डकपको आय व्यय सार्वजनिक
 
धनगढीमा गत साता सम्पन्न दोस्रो संस्करणको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलमा आयोजक घाटामा गएको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले मंगलबार सार्वजनिक गरेको प्रतियोगिताको आय व्ययमा क्लब घाटामा गएको देखिएको हो ।
 
दोस्रो संस्करणबाट  १ लाख ६५ हजार भन्दा बढी रकम घाटा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा साढे ९१ लाख रकम खर्च भएकोमा १ लाख ६५ हजार ५१६ रुपैया घाटा भएको क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए  ।
 
आयोजकले विभिन्न ३७ वटा शिर्षकमा आम्दानी भएकोमा २१ वटा शिर्षकमा रकम खर्च भएको जनाएको छ । मुख्य प्रायोजक सिजि ग्रुपले २० लाख रकम दिएकोमा १९ लाख टिकटबाट उठेको थियो । सहप्रायोजक नेपाल टेलीकम र जगदम्वा स्टिलले ४/४ लाख रकम दिएकोमा विभिन्न व्यापारिक प्रतिष्ठान र संघ संस्थाहरुवाट पनि गोल्डकप आयोजना गर्नका लागि सहयोग भएको आयोजकले जनाएको छ ।
 
आयोजकले खर्च तर्फ सवैभन्दा बढी टिम व्यवस्थापनमा भएको जनाएको छ । सहभागी टोलीको लागि साढे ३३ लाख रकम खर्च भएको जनाएको छ । त्यस्तै पुरस्कार खर्च २२ लाख भएको आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।

 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News