Trending :
 

बाँदरले अन्नबाली खाइदिएपछि कफी खेतीतर्फ किसान:

माघ १४,२०७४

-

माघ १४,२०७४ पर्वत ।
परम्परागत अन्नबाली बाँदरले सखाप पार्न थालेपछि पर्वतको फलेवासका किसान व्यवसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् ।
 
खेतबारीमा अन्नबाली लगाउन जनशक्तिको अभाव भएसँगै लगाएको बालीसमेत बाँदर खाएर सखाप पारेपछि किसानहरु कफी खेतीतर्फ आकर्षि तभएका हुन् ।
 
फलेवासका १ सय १६ घर परिवारले अहिले कफी खेती गरेका छन् ।
 
प्रसस्त जमिन र उपयुक्त वातावरण भएकाले कफी खेतीतर्फ कृषकहरुको मोह बढेर गएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।
 
कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकहरुले भँगरा कफी सहकारी संस्थासमेत गठन गरेका छन् ।