Trending :
 

नवनिर्वाचित अध्यक्ष राणाले गरिन् पदबहाली

' मुलुकको आर्थिक सम्बृद्दीका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्दता'

चैत्र ३१,२०७३

-

३१,२०७३चैत्र,काठमाडौँ-

नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदबहाली गरेकी छिन् ।

वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष राणाले बुधबार पदबहाली गरेकी हुन् ।

उनलाई महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गरेका हुन् ।सोही क्रममा महासंघका नवनिर्वाचित अध्यक्ष राणा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण समेत गरेका छन्  ।

महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार निर्वाचन भएको थियो ।

यसअघि महासंघको विधान संशोधन गरी महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो । महासंघको मंगलबार सम्पन्न निर्वाचनमा दुई तिहाइभन्दा बढी सदस्यसहित शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

 नवनिर्वाचित अध्यक्ष राणाले मुलुकको आर्थिक सम्बृद्दीका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्दता जनाएकी छिन् ।

निवर्तमान अध्यक्ष मुरारकाले अगाडि बढाएका काम कार्यान्वयन गर्ने पहिलो प्राथमिकता भएको उनले बताएकी छिन् ।

नेपालबाट वार्षिक साढे चार लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् ।   उनले विदेशिने युवाशक्तिलाई स्वदेशमै रोक्नका लागि सातवटै प्रदेशमा टेक्निकल स्कुल खोल्न पहल गरिने घोषणा समेत गरेकी छिन् ।

 

जस्तोसुकै राजनीतिक अस्थिरतामा पनि मुलुकको आर्थिक विकासको गति रोकिन नदिन संसद्बाट दिगो विकास र आर्थिक समुन्नतिका लागि सङ्कल्प प्रस्ताव पारित गरेर लागू गर्न राजनीतिक दल र सरोकारवालासँग पहल गर्ने अध्यक्ष राणाले बताइन ।