चेतना चर्चा

चैत्र ०१,२०७३

-

उच्च कोटीको प्राणी हरेक आफुभन्दा निकृष्ट र तल्लो दर्जाको प्राणीको सेवक नवनी बाँचेको छैन । गाईको दुध लिनको लागि उसलाई दानापानी अनि घाँसको व्यवस्था गरिदिनु परेको छ । उसको दिसापिसाव स्याहार्नु परेको छ । मकैको दाना लिनको लागि उचित हावापानी तथा मौसम पत्ता लगाएर छर्ने अनि गोडमेल गरी मलखाद्यको उचित व्यवस्था मिलाइ फेदमा  पुर्याईदिनु परेको छ । तव मात्र तीन महिना पश्चात उक्त दानाको दर्शन मिल्दछ । पहरेदारको भूमिका नगरी प्रकृतिका कुनैपनि उपजको खपत गर्ने यो उच्च कोटीको प्राणीको तागत छैन ।

पदार्थलाई पञ्चतत्वमा विभाजन गरिएको छ पृथ्वी, जल, तेज, वायु र आकाश । यो व्रम्हाण्डका हरेक रचनाहरु यही पञ्चतत्व भित्रबाट मात्र बनेका छन् ।

यस हिषावले हेर्दा चेतनाको विश्वव्यापिकरणलाई मानिसले बुझ्नु अत्यन्त जरुरी छ । हामीले आजसम्म मानिआएका सजीव अनि निर्जीव समस्त कुराहरुमा चेतनाको उपस्थिति रहेको छ । पृथ्विको गुरुत्वको चेतनाले गर्दा पहाडबाट माटो अनि ढुङ्गाहरु तलतिर खस्दछन् । तरलहरु भाँडाको आकार ग्रहण गरिहाल्छन् । फलाम र चुम्वक एक अर्कामा आकर्षण भैहाल्दछन् तर अन्य बस्तुलाई चुम्वकले तान्दैन र तानिदैन पनि । एकै माटोमा उम्रेका सुन्तला र कागतीले फरक फरक स्वाद प्रदान गर्दछन् । एउटा विरुवाले पनि आफु हुर्कन र फल दिनको लागि जमिन, हावा र प्रकाशबाट आवश्यक तत्वहरु छानी छानी ग्रहण गर्ने क्षमता राख्दछ । प्रतिकुल हावापानी तथा जमिनमा उ पनि उम्रदैन । त्यसैगरि शुक्ष्म भन्दा शुक्ष्म एककोशीय जीवले पनि आफ्नो खाना खोज्ने तथा प्रजनन् सञ्चालन गर्ने क्षमता राख्दछ । लिखा र भुसुना पनि आफ्नो जीवनबारेको चेतनामा कुनै प्राणि भन्दा कम देखिदैनन् ।

अस्तु ।

नौविसे–६, खानीखोला, धादिङ