क्रिकेट
चैत्र ३१,२०७३
-
चैत्र ३१ -
खेलाडी चढेको बसमा बम आक्रमण भएको २४ घण्टा नबित्दै खेलाइएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा डर्टमण्ड ३–२ ले पराजित भएको छ ।
मंगलबार डर्टमण्डको टिमबसमा तीनवटा बम विस्फोट भएको कारण त्यो दिनको खेल रद्द गरेर बुधबार भएको हो ।
अमेरिकी स्ट्राइकर कालियान एमबापीले खेल सुरु भएको १९ मिनेटमै फ्रेन्च क्लबलाई अग्रता दिलाएका थिए।
मोनाकोलाई दोस्रो गोल बोरुसियाका स्वाँन भेन्डेरले उपहारको रुपमा आत्मघाती गोलबाट दिएका थिए।
पहिलो हाफमा २–० को अग्रता बनाएको मोनाकोलाई दोस्रो हाफमा भने डर्टमण्डका ओउसमाने डेमबेले ५७ मिनेटमा एक गोल फर्काउन सफल भएको थियो। ८४ मिनेटमा सिन्जी कागावाले पनि गोल गर्दै खेललाई फर्काउने ठूलो प्रयास गरेका थिए ।
तर, यसबीच अमेरिकी स्ट्राइकर कालियानले ७९ मिनेटमा गरेको गोलका कारण डर्टमुन्डले पराजय भोग्नु पर्यो ।
प्रमुख समाचार
सम्वन्धित समाचार