क्रिकेट
चैत्र ३१,२०७३
-
धनगडी -
धनगडीमा जारी डिपीयल अन्तर्गत आज भएको पहिलो खेलमा पारस खड्काको नेतृत्वमा रहेको टीम चौरहा कंचनपुर आईकोनिकसंग ११ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिंग रोजेको कंचनपुर आईकोनिकले निर्धारित ओभरमा ६ विकेट गुमाई टीम चौरहालाई केवल १०६ रनको सामान्य लक्ष्य दिएको थियो ।
सुरुवातमै नराम्रो खेल प्रदर्शन गरेको चौरहाले १७.४ ओभर मै अलआउट रहँदा केवल ९४ रन जोड्न सक्यो ।
सुरुवातमै टिम चौरहाका राजु रिजन बिना रन बनाई आउट हुन् पुगेका थिए ।
यस्तै सौरव खनाल, सुशान भारी, ललित राजवंशी, राम नरेश गिरिले पनि कुनै रन नबनाई आउट हुन् पुगे ।
चौरहाका लागि कप्तान पारस खड्काले सर्वाधिक २३ रन जोडे ।
यस्तै अरिफ सेखले २२ तथा पृथु बास्कोटाले १९ रन बनाए ।
उत्कृस्ट बल्लिंग गरेको कंचनपुर आईकोनिकको जीतका लागि सुनिल धमलाले सर्वाधिक ३९ रन जोडे ।
सिद्धान्त लोहनी नट आउट रहदै २७ रन बनाए भने सगर पुनले २० रन जोडन सफल भए ।
उता, अतरिया र विराटनगर किंगस बिचको खेल अहिले भईरहेको छ ।
टस जितेर पहिले ब्याटिंग रोजेको अतरियाले २० ओभरमा अलआउट रहँदै केवल ९२ रनको सामान्य लक्ष्य दिएको छ ।
विराटनगर किंगस अहिले ब्याटिंग गरिरहेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार