Trending :
 

दमास्कस नजिकै भएको हवाई आक्रमणमा २३ सर्वसाधारणको मृत्यु

माघ २३,२०७४

-


सिरियाको राजधानी दमास्कस नजिकै रहेको विद्रोही नियन्त्रित पूर्वी घोउटा क्षेत्रमा राष्ट्रपति बसर अल असद पक्षधधर सेनाद्वारा गरिएको हवाई कारबाहीमा सर्वसाधारण परेको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको हो । 

मारिनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । बेइटसेवा शहरको एक व्यस्त क्षेत्रमा गरिएको आक्रमणको सिरियाभित्र तथा बाहिर व्यापक आलोचना भएको छ । 

यसबारे सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।