Trending :
 

अपहरणमा परेको पानीजहाज मुक्त:

माघ २३,२०७४

-

माघ २३,२०७४ नयाँ दिल्ली ।
पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्य सहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । 
 
सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो । 
 
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिनुभएको थियो । 
 
मंगलबार सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएको समाचरमा जनाइएको छ । 
 
बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो । 
 
उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेको समाचारमा उल्लेख गरिएको छ । 
 
 
अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् । 
 
जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ । रासस/एएफपी